असोजसम्म २ करोड डोज कोरोना खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

असोजसम्म २ करोड डोज कोरोना खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

  • Kanchan News

  • सोमवार, साउन १८, २०७८

  • 173
    SHARES
असोजसम्म २ करोड डोज कोरोना खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी गरेको बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप वितरण तथा व्यवस्थपनमा प्राथमिकता दिएको बताउँदै असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति सुनिश्चित भइसकेको बताउँदै जम्मा ५ करोड २३ लाख खोप प्राप्त हुने बताएका छन् । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख (जसमध्ये ४० लाखको भुक्तानी भइसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको) र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनले जानकारी गराएका छन् । साथै पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिने बताए । राज्यमन्त्री श्रेष्ठले वयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख गरी कुल १ करोड ५० लाखमात्रा खरिद प्रक्रिया सुरू भइसकेको बताएका छन् ।

‘खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा  रहेको उनले बताए । फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको छ ।’ १०० दिने कार्ययोजना सार्वजनिक गर्दे उनले आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिनुका साथै कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा (जिरो मार्जिन) कायम गरी अविलम्व कार्यान्वयनमा ल्याइने दाबी गरे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News