काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।
काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए । ओलीले हिजो देशवासीको नाममा सम्बोधन गरेर सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका थिए भने केही समय मात्रै बादल लागेको भन्दै छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए । यस्तै देउवालाई अदालतले प्रधानमन्त्री बनाइदिएको बारे विरोध गरेका उनी देउवाको शपथ ग्रहण समारोहमा पनि अनुपस्थित भएका थिए ।