सरकारले सउनभित्रै ४० लाख डोज खोप ल्याउने

सरकारले सउनभित्रै ४० लाख डोज खोप ल्याउने

  • Kanchan News

  • बिहिबार, असार ३, २०७८

  • 292
    SHARES
सरकारले सउनभित्रै ४० लाख डोज खोप ल्याउने

प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन्।

बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए।

‘आगामी साउनदेखि लगाउन थालिने छ। अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जानेछ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने। सरकारका एक जना मन्त्रीले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय भएको बताए पनि केही दिन भित्रै खोपबारे ब्रेक थ्रु हुने बताउँदै आएका प्रधानमन्त्रीले खोप कसरी किन्न लागिएको हो भन्नेबारे विस्तृत खुलाएनन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News