सुरू भयो यसपालिको मनसुन

सुरू भयो यसपालिको मनसुन

  • Kanchan News

  • शनिबार, जेष्ठ २९, २०७८

  • 213
    SHARES
सुरू भयो  यसपालिको मनसुन

नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक-दुई दिनमै देशभरि फैलिने छ। यसपालिको मनसुन औसतभन्दा २ दिनअघि नै नेपाल आएको हो।  पछिल्लो समय नेपालमा मनसुन आउने मिति जुन १३  तय भएको छ।

‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार-पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो नेपाल पुगेको हो।

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको  नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ। महाशाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News