सोमबार थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

सोमबार थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

  • Kanchan News

  • सोमवार, जेष्ठ १७, २०७८

  • 150
    SHARES
सोमबार थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

सोमबार नेपालमा थप ४,७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ४९१ जना कोरोना मुक्त भएर घर फर्किएका छन भने थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सम्म नेपालमा ५ लाख ६१ हजार ३०२ जनामा कोरोना पुष्टि भइसकेको छ भने चार लाख ४७ हजार ४४६ जना कोरोना मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News