बूढानीलकण्ठमा देउवा- महताे र ठाकुर वार्ता

बूढानीलकण्ठमा देउवा- महताे र ठाकुर वार्ता

जसपा तटस्थ बस्ने

  • Kanchan News

  • आइतवार, बैशाख २६, २०७८

  • 248
    SHARES
बूढानीलकण्ठमा देउवा- महताे र ठाकुर वार्ता

२६ बैशाख, काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका छन् ।  आइतबार विहान देउवा निवास बूढानीलकण्ठमा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन गरेकाे आग्रहलाइ अस्विकार गरी  जसपा तटस्ठ बस्ने नेताहरु ठाकुर  र महाताेले जनाउ दिएका छन् । नेता राजेन्द्र महतोले भने, ‘प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतका सन्दर्भमा कुराकानी भयाे । देउवाजीले हामीलाई विपक्षी भएकाले विश्वासको मतको पक्षमा मतदान गर्नुहुँदैन भन्नुभयो ।’

जवाफमा आफूहरुले विश्वासको पक्षमा नजाने बताएको महतोले जानकारी दिए । उनले भने, ‘हामीले भन्यौं, विश्वासको मतको पक्षमा हामी जाँदैनौं । किनभने हामीले उठाएका कतिपय माग, मुद्दा पनि पूरा भएको छैन ।’ पार्टी एकतालाई पनि जोगाउनका तटस्थ बस्ने महतोको भनाइ छ ।

आज २ बजे जसपाका शीर्षस्थ नेताबीच छलफल हुन लागेको छ । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको निवासमा पाँच नेताबीच छलफल राखिएकाे नेता महताेले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News