राष्ट्रियसभा उपचुनाव बागमतिमा एमाले-एमाले भिडन्त

राष्ट्रियसभा उपचुनाव बागमतिमा एमाले-एमाले भिडन्त

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

  • Kanchan News

  • बिहिबार, बैशाख २३, २०७८

  • 305
    SHARES
राष्ट्रियसभा उपचुनाव बागमतिमा एमाले-एमाले भिडन्त

२३ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने विषयमा  एमाले माधव समूह माओवादी केन्द्र जसपाको यादव पक्ष बीच  सहमति जुटेको छ ।

लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका  दुगनारायण पाण्डेलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बाग्मती प्रदेशमा रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् ।

संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन् । प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समय माधवकुमार नेपाल समूह नजिक छन् । उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नेछन् ।

उता निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि पदमुक्त भएका थिए । उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय भने दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालयलाई तोकिएको छ । यस स्थानकाे लागि गठबन्धनले पाण्डेलाइ उठाउने चर्चा भए पनि एमालेको केपी शर्मा ओली पक्षले कुनै टुङ्गाे लगाएकाे छैन ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News