दिल्लीमा एक हप्तामै १० जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु

दिल्लीमा एक हप्तामै १० जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु

  • Kanchan News

  • बुधबार, बैशाख १५, २०७८

  • 450
    SHARES
दिल्लीमा एक हप्तामै १० जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु

लण्डन । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो।

निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन्। योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News