एनआईसी एशिया बैंकको ‘क्विक पे’ सेवा सार्वजनिक

एनआईसी एशिया बैंकको ‘क्विक पे’ सेवा सार्वजनिक

  • Kanchan News

  • बुधबार, बैशाख १५, २०७८

  • 133
    SHARES
एनआईसी एशिया बैंकको ‘क्विक पे’ सेवा सार्वजनिक

काठमाडौं, १४ बैशाख । एन आई सी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूले सजिलै डिजिटल भुक्तानी लिन सक्ने ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने ‘क्विक पे’ सेवाको सुरुवात गरेको हो ।

हस्पिटालिटी, ट्राभल÷टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘क्विक पे’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षितरुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यस बैंकबाट ‘क्विक पे’ सेवा लिन चाहने व्यवसायीहरूले बैंक समक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले उनीहरूलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेञ्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्नेछन् ।

उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्ट फोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्ग मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।

अनलाइन भुक्तानी सेवामा आबद्ध नहुने ई–कमर्श कम्पनीहरूले ‘क्विक पे’को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाइन व्यवसाय गर्ने व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबार तर्फ अग्रसर गराउन सकिने कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News