नेपालमा संक्रमण दर २२८ प्रतिशतले वृद्धि

नेपालमा संक्रमण दर २२८ प्रतिशतले वृद्धि

  • Kanchan News

  • बुधबार, बैशाख १५, २०७८

  • 231
    SHARES
नेपालमा संक्रमण दर २२८ प्रतिशतले वृद्धि

काठमाडौं, १५ वैशाख । नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ। नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा संक्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन्। उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिइन्। ‘चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ’, उनले भने, ‘नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ।’

नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ। भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन्। संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाइन्।

एक जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ। आज मात्र चार हजार ८९७ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा संक्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News