काठमाडौं । विश्वमा यस्ता मानिसहरुपनि छन्, जसको बारेमा सुनेर तपाईं अचम्म पर्नुहुन्छ । जहाँ विवाहित महिला पाँच दिनसम्म कपडा लगाउँदैनन् । धेरै वर्ष अगाडिदेखि यो परम्परा चल्दै आइरहेको छ ।
भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी गाउँमा यस्तो परम्परा चल्दै आएको हो । यस गाउँमा वर्षको पाँच दिन कपडा लगाउन मनाही छ । यो परम्परामा बिना कपडामा बसेकी महिला पुरुषको नजिक आउँदैनन् ।
साउन महिनादेखि यस परम्परालाई शुरु गरिन्छ । परापूर्वकालदेखि यो परम्परा चल्दै आएको छ । यो परम्परालाई नमान्ने महिलाको घरमा अशुभ हुने मान्यता छ ।
परम्परा बाध्यताकारी छ । धार्मिक मान्यता अनुसार परापूर्वकालमा सुन्दर कपडा पहिरिएकी महिलालाई राक्षसले उठाएर लैजाने गर्दथ्यो । जसको अन्त्य त्यस गाउँको देवताले गरेको हो ।
उक्त देउताको उपासना र राक्षसलाई जितेको सम्झिँदै आफ्नो संसारभन्दा अलग हुने गर्दथिन् ।