लगातार तीन दिन सार्वजनिक बिदा

लगातार तीन दिन सार्वजनिक बिदा

  • Kanchan News

  • शुक्रबार, माघ १६, २०७७

  • 634
    SHARES
लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं, १५ माघ । तेमाल, महाभारत र रोशी गाउँपालिकाले तामाङ समुदायको ड्वाल्हो सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । ती गाउँ पालिकामा तामाङ समुदायको बाहुल्य छ । तीन वटै गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

ड्वाल्हो सोनाम ल्होछारमा चौँरीदेउराली गाउँपालिकाले पनि २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको छ । गाउँपालिकाले माघ २२ र २३ गते बिदा दिने निर्णय गरेको हो ।सम्बन्धित गाउँ तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै बिदा दिने निर्णय गरिएको ती गाउँपालिकाले जनाएका छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछारमा सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

तेमाल गाउँपालिकाले पनि सोनाम ल्होछारका लागि माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिए।

महाभारत गाउँपालिकाले पुस २५ गते नै ल्होछारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News