उद्योगपति विनोद चौधरी काँग्रेसको समानुपातिकमा

उद्योगपति विनोद चौधरी काँग्रेसको समानुपातिकमा

  • Kanchan News

  • शनिबार, कार्तिक १५, २०७७

  • 194
    SHARES
उद्योगपति विनोद चौधरी काँग्रेसको समानुपातिकमा

काठमाडौँ, १३ कात्तिक । चर्चित उद्योगपति विनोद चौधरीलाई नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ । चौधरी यसअघि नेकपा (एमाले) बाट समानुपातिक सांसद रहेका थिए । नेपाली काँँग्रेसमा प्रवेश गरेपछि चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको पार्टी सचिवालयले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगपति चौधरीलाई मङ्गलबार एक पत्र लेख्दै नेपाली काँग्रेसमा स्वागत गरेका छन । देउवाले चौधरीलाई लेखेको पत्रमा नेपाली अर्थतन्त्रको विकासमा विशेष क्षमता प्रदर्शन गरेका व्यक्तिहरूलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिकामा नेपाली काँग्रेसले राख्न चाहेको उल्लेख गर्दै भनेका छन् , “नेपाली काँग्रेसले लिएको मुलुकको आर्थिक विकासको अभियानमा तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्नसक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नसक्ने विश्वास लिएको छु । ”

उद्योगपति चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष, नेपाल उद्योग परिसङ्घको पूर्वअध्यक्ष र हाल परिसङ्घकै इमिरेट्स हुन् । सभापति देउवाले नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पुयाउने उद्यमी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, वर्तमान र पूर्वपदाधिकारीलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफूले आग्रह गर्दै आएको पनि स्पष्ट गरेका छन् ।

खाद्य पदार्थ, विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग, सवारी साधनहरूको बिक्री वितरणलगायत शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी गर्दै आएका चौधरी मुलुककै सबैभन्दा ठूलो व्यावसायिक घराना सीजी ग्रुपको अध्यक्ष हुन् ।
उनका स्वदेश तथा विदेशमा ८० भन्दा बढी कम्पनी सञ्चालनमा छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News