विपक्षीले मागे गृहमन्त्रीको राजीनामा

विपक्षीले मागे गृहमन्त्रीको राजीनामा

  • Kanchan News

  • बुधबार, जेष्ठ १५, २०८२

  • 53
    SHARES
विपक्षीले मागे गृहमन्त्रीको राजीनामा

संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् ।

प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् । सभामुखले बसेर बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गरेका छन् ।

उनले दलीय आधारमा बोल्न समय दिने बताइरहेका छन् । विपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News