सिमा समस्या समाधान गर्ने नेपालको प्रस्तावमा भारत मौन

सिमा समस्या समाधान गर्ने नेपालको प्रस्तावमा भारत मौन

  • Kanchan News

  • शनिबार, चैत्र १९, २०७८

  • 122
    SHARES
सिमा समस्या समाधान गर्ने नेपालको प्रस्तावमा भारत मौन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् ।

दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई देशबीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेका छौ,’ उनले भने, ‘यो विषयमा मोदीजीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे हामी सहमत भएका छौँ ।’ यद्यपि सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री मोदीले भने मुख खोलेनन् ।

यस्तै प्रधानमन्त्री देउवाले दुइदेशबीचको सम्बन्ध सदीयौं पुरानो रहेकाले यसलाई अझैं सुदृढ बनाउनुपर्नेमा दुवै समकक्षी सहमत भएको बताए । यसबाहेक आपसी सम्बन्ध, दुई देशको विकास, व्यापार गायतका विषयमा गहन छलफल भएको उनले बताए । भूकम्प र कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि प्रधानमन्त्री देउवाले प्रशंसा गरे ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धको मिसाल विश्वमै नरहेको बताए । नेपाल–भारत अनादीकालदेखि नै सुखदुखको साथी रहेको बताउँदै उनले नेपालको विकासका लागि भारत जहिल्यै तत्पर रहेको बताए ।

दुई समकक्षीबीचमा परस्पर सम्बन्ध, विकास, सांस्कृतिक संरक्षणलगायतका विषयमा गम्भीर भएर छलफल भएको बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News