चुपचाप उभिएको सानो झुपडी घर, वरिपरि हरियाली भए पनि मनभित्र भने वर्षौंदेखिको खडेरी । यही शान्त पर्खालहरू भित्र रहेकाे घरमा आफ्नो जीवन बिताउने खैसरा सुनार, अब पचासको नजिक छिन्। कुनै संगत छैन, कुरा गर्ने कोही छैन। खैसरा लुन्खु-घन्तेरी-घन्टे सडक नजिकै आफ्नो घरमा एक्लै बस्दै आएकी छिन्, छिमेकीहरू देखिँदैनन्।
यूएनडिपी र ईन्प्रेड नेपालको साझेदारीमा महाशिला गाउँपालिकामा सञ्चालित सामाजिक आर्थिक जोखिम सूचना व्यवस्थापन प्रणाली आयोजना अन्तर्गत घरदैलो तथ्यांक संकलन गर्न गएका गणकहरू जब खैसराको घर पुग्छन्, र उनलाई वस्तुस्थित सोध्छन् । त्यसपछि उनले आफ्नो पीडा व्यक्त गरिन्, वर्षौंको एक्लोपन, कठिन दिनहरू र मौन पीडाबाट जन्मिएको पीडा । उनले आँखामा आशाका किरणहरू लिएर उनीहरूलाई हेरिन् र चुपचाप गणनाकर्ताहरूलाई सोधिन्,”के यो परियोजनाले हामीलाई कुनै मद्दत वा आशा ल्याउनेछ?” कृपया मलाई भन्नुहोस्, बाबु, मैले के गर्नुपर्छ? उनले गणक सुनिल सुनार सगँ केका लागि बाबु भन्दै आर्थिक रहातको आशा गर्दै उनीभित्रको पीडाको ढोका खुल्छ । “के गर्नु बाबु, एक्लै छु । पाखा झरेर घाँस काट्न जानुपर्छ, घरभित्र बिरामी परे मरिन्छ भनेर थाहै पाउँदैनन्,“उनी भन्छिन्, कुनै संस्थाले केही सहयोग गर्छ र ? गर्छ भने त्यो संस्था नै मेरो सहारा बनोस् ।
“खैसराको जीवन अहिले पूर्णरूपमा छोरीहरुको भरमा र छरछिमेकीको सहानुभूतिमा टिकेको छ । न त उनीसँग नियमित आम्दानी छ, न स्वास्थ्य सेवा पहुँच सजिलो । सामाजिक सुरक्षा भत्ता समेत नलिएको उहाँले तथ्याङ्क संकलन गर्न पुगेका गणकलाई भन्नु हुन्छ । दैनिक श्रम गर्न पनि सक्ने अवस्था उहाँको छैन् । गणकहरूले तथ्यांक संकलन गर्दा उहाँलाई उच्च जोखिममा परेका एकल महिलाको सूचिमा समेट्न खोज्छन् तर सबै तथ्याङ्क दिन उहाँ मान्नुहुन्न । तर उहाँले एक मात्र शब्द भन्नु हुन्छ“मेरो सहारा यूएनडिपी बनोस् बाबु । यो कथा केवल खैसरा सुनारको मात्र होइन – यो हजारौं ग्रामीण वृद्ध एकल महिलाहरूको प्रतिनिधि पीडा हो, जसले राज्य र विकास साझेदारतर्फ आशाका आँखा लगाइरहेका छन्