नदि प्रणालीमा मानवीय हस्तक्षेप र जलवायु परिवर्तनले निम्ताएको बिपत्ति

नदि प्रणालीमा मानवीय हस्तक्षेप र जलवायु परिवर्तनले निम्ताएको बिपत्ति

  • डा.केदार कार्की

  • सोमवार, अशोज १४, २०८१

  • 187
    SHARES
नदि प्रणालीमा मानवीय हस्तक्षेप र जलवायु परिवर्तनले निम्ताएको बिपत्ति

आदिकालदेखि नदिहरु स्वच्छ जलको अमुल्य श्रोत थिए । तिनको जलको उपयोग पेयजल आपूर्ति निस्तार आजीवीका तथा खेतीपातीका लागि गरीन्थियो । पछिल्लो केही सालहरु देशका अधिकांश नादीहरुको गैर मनसुनी प्रभाहमा कमी भई राखेको छ । साना नदीहरु तेजीले सुखी राखेका छन् र लगभग सबै नदी प्रणालीहरुमा प्रदुषण बढी राखेको छ । यो स्थिती हिमालयीन नदीहरुमा कम तथा यस प्रायदिूपका नदीहरुमा अधिक गँभिर छ । यो परिवर्तन भने प्राकृतीक हैन । विज्ञहरु अनुसार नदी प्राकृतीक जलचक्रको अभिन्न अंग हो । प्राकृतीक जलचक्र अन्तरगत नदी आफ्नो जलग्रहण क्षेत्रमा परेको पानीलाई समुन्द्र वा तालहरुमा जम्मा गर्दछ । यसले कछारलाई परिमार्जन गरेर भुआकृतीहरु निर्माण गर्दछ । यो जैवीक विविधताले परिपुर्ण हुन्छ । यस्ले प्रकृती दूारा नियन्त्रीत व्यवश्याको मददतले बर्षाजल सतहीजल भुजलको घटकहरुको बीच सन्तुलन राखेर अनेक सामाजिक तथा आर्थीक कर्तव्यहरु पालन गर्दछ ।
बैज्ञानीकहरुका अनुुसार नदीमा प्राकृतीक भुमीकाको निवार्ह तथा निरभर समाज जलचरहरु एवं वनस्पतीहरुको इष्टम विकास को लागि हरहालतमा न्युनतम पानी उपलब्ध हुनु पर्दछ । यदि कुनै नदीमा पर्यापराणिय प्रवाह अवस्थीत छ भने मान्न सकिन्छ कि उसले आफ्नो दायित्व पुरा गर्नमा सक्षम छ । मौसमी घटकहरु सक्रिय हुनाको कारशा नदी घाँटीमा भौतीक तथा रसायनिक अपक्षय हुने गर्दछ । तापमानको दैनिक एवं मौसमी घटवढ को कारणले चच्यनहरुमा भोतिक हुन्छ र ति विखंडित हुन्छन् । कार्वन डाइआकसाइड ज्युवतm बर्षाजल चच्यनहरुको घटक सँग रसायनीक क्रिया गर्दछ । कतिपय घटकया सम्पूणरुनीज रसायनीक संघटनमा परिवर्तनका कारण धुलीत अवश्थामा मुल स्थानवाट विस्थापीत हुन्छ । यो सतत चल्ने खाले पक्रिया हो । नदी प्रणालीले आफ्नो दायित्व बर्षा ऋतीमा सम्पन्न गर्दछ । आफ्नो कछारमा माटोहरु, उपमाटोहरु,कार्वेनीक पर्दाथहरु तथा घुलनशील रसायनकहरु इत्यादिलाई बिस्थापित गरी परिवहित गर्दछ । मुतm भएका घटक गन्तव्य समुन्द्र तिर अग्रसर हुदै हर साल विभिन्न मात्रा तथा दुरी सम्म विस्थापीत हुन्छन । बर्षा ऋतिमा सम्पन्न यो दायित्व निर्वाहको परिमाण स्वरुप नदी घाँटीमा भुआकृतीक परिमार्जन हुन्छ । बर्षा उपरान्त नदी प्रणाली आफ्नो दोश्रो प्राकृतिक दायित्व सतही तथा अधःस्थली जलप्रवाह द्वारा निम्नानुसार सम्पन्न गर्दछ ।

सतहि जलप्रवाह ः यो नदी तल माथि प्रवाहित जल प्रवाह हो । यस्को गती नदी तलको ढाल जुन नदी अपरदनको आधार तलवाट नियन्त्रीत हुन्छ द्वारा निर्धात हुने गर्दछ । मनसुन उपरान्त नदीमा प्रवाहित जलको मुख्य श्रोत कछारको भुजल भण्डर मानिन्छ । यस श्रोतबाट जलापुर्ती वाटर टेवलवलाई नदी तद भन्दा माथि हुदा सम्म सम्भव हुन्छ । केही मात्रामा पानीको पुर्ती अद्यःस्थल बाट शीतकालन झरी बटा पनी हुन्छ । सतही जलप्रवाहको अस्तित्व नदीलाई समुन्द्रमा मिल्नु सम्म रहन्छ । यस्को मात्रा प्रारम्भमा कम तथा पछि क्रमशः बन्दै जान्छ । अद्यःस्थल (Base flow)
जल प्रवाहःनदी तल भन्दा तल प्रवाहित हुने जल प्रवाहलाई अद्यः स्थल जलप्रवाह भनिन्छ । यस जल प्रवाहको गतिको निर्धारशा स्थानीय ढाल तथा नदी तल को मुनी मौजुद भौतिक संस्तरको पारगम्यताले निर्धारीत गर्दछ । भौतीक संस्तरको पारगम्यता र ढालका कारण विकसीत दवावको परिणामी प्रभावले नदीको अद्यः स्थल जल प्राप्त हुन्छ । नदीको अधिक ढाल भएको प्रारभ्भीक क्षेत्रहरुमा जहाँ अद्यः स्थल जलको दवाव धेरै तथा पारगम्य संस्तर पाइन्छ नदीको अद्यः स्थल वाट पानीको अधिकांश मात्रा प्राप्त हुन्छ । नदीको बढी ढाल भएको पारम्भीक क्षेत्रहरुमा जहाँ अद्यः स्थलको जल को दवाव अधिक तथा पारगम्य संस्तर पाइन्छ । नदीको अद्यः स्थल जलको अधिकाश मात्रा प्राप्त हुन्छ । नदीको प्रारम्भिक चरणामा यो मात्रा अपेक्षाकृत कम हुन्छ । जसै जसै नदी डेल्टा तिर बढ्दछ नदीको ढाल क्रमशः घटछ तथा नदी तलको मुनि पाइने कणहरुको आकार कम हँुदै जान्छ । स-साना भएका कणहरुको तहको पारगम्यता समानुपातीक रुपमा घट्दछ । ढालको क्रमशः कम हुने कारण दबाब पनि समानुपातीक रुपले घटदछ । यिनको संयुत प्रभाव र समुद्रमा बढी घनत्व भएको कडा पानीको कारण डेल्टा क्षेत्रमा अद्यः स्थल जल प्रवाह समुद्रको स्थानमा नदीमा उत्सर्जीत हुन्छ ।
नदी प्रणालीले आफ्नो दोश्रो प्राकृतिक दायित्व बर्षा ऋतु पछि सुख्खा मौसममा सम्पन्न गर्दछ । उसले नदी तालमा वर्षात को मौसम पछि बचेको माटोका अत्यन्त साना कणहरु तथा घुलीत रसायनहरु गन्तब्य तिर लैजान्छ । यो काम सतही तथा अद्यः स्थल जल प्रवाह दूारा सम्पन्न गरीन्छ । यसको कारण बिशालु मात्रामा सिल्द गेगर तथा घुलीत रसायनहरुको परिबहन हुन्छ । यसै कारण नदी प्रणालीको प्रारम्भिक चरणमा कम मात्रामा सिल्ट गेगर पाइने गरीन्छ । नदीले उपरोत प्राकृतिक दायित्वहरुको निर्वाह वर्षातमा सर्वाधिक तथा वर्षात पछि जलप्रवाहहरुको घट्दो मामा को अनुपातमा गरीन्छ । नदी प्रणालीको उपयुत प्राकृतिक दायित्व बिना सतत जलप्रवाहहरुले सम्पन्न हुदैन अर्थात प्राकृतिक दायित्वहरुलाई पूरा गर्नको लागि प्रत्येक नदीलाई बारहमासी हुनु आवश्यक पर्छ । नदी प्रणालीमा मानवीय हस्तक्षेपः नदी कछारहरुमा मुख्य मानवीय हस्तक्षेप निम्न अनुसार हुन्छ । नदीको जलग्रहण क्षेत्रमा भुमी उपयागमा परिवर्तन नदी मार्गमा बाँध निर्माण नदी मार्गमा बालुवा निकाल नै नदी घाँटीमा बढ्दो भुजल दोहमा उपर्युत मानवीय हस्तक्षेपहरुको प्रमुख तात्कालिन परिमाण अनुसार खेती अधो रचना विकास, उपयोग सडक यातायात आवशीय आवश्कता इत्यादि बढ्नाको कारण नदीहरुको जलग्रहण क्षेत्रमा मौजुद वन जंगल कम हँुदैछ तथा वनस्पतीक आच्छादान घट्दो छ । अतीवृष्टी तथा वनस्पतीक घटनाका कारण भुमि कयन बढ्दो छ । भुमि कटान बढ्नाका कारणले नदीहरुको जलग्रहण क्षेत्रमा मौजुद माटोको तहको मोटाई घट्दो छ । मोटाई घट्नको कारण तिनमा धेरै कम मात्रामा भुजल संचय भई राखेको छ । भुजल संचय घटनाको कारण नदीहरुमा गैर मनसुनी जलप्रवाह घट्दो छ । जलप्रवाह घट्नाको कारण नदी तन्त्र को प्राकृतिक भुमीका घट्दो छ । गैर मनसुनी दायित्व पूरा भई राखेको छैन । मानवीय गतिविधिहरुका कारण भई राखेको जलवायु परिवर्तन र जल ग्रहण क्षेत्रमा बदलिँदो भूमि उपयोगको कारण नदी प्रणालीको सम्पूर्ण जागृत इको–सिस्टम प्रतिकुल ढंगबाट प्रभावीत भइ राखेको छ । यो सब मानवीय हस्तक्षेपको परिमाण हो भन्न सकिन्छ ।
बाँधहरुको निर्माण नदी मार्गमा गरिन्छ जसका कारण नदीको सतही अद्यः स्थल जल प्रवाह खण्डित हुन्छ । नदीको प्राकृतिक प्रवाहहरु खण्डित हुनाका कारण जलग्रहण क्षेत्रबाट परिबहित अपेक्षीण पर्दाथ तथा पानीमा घुलेको रसायन बाँधमा जम्मा हुन थाल्दछ । परिमाण स्वरुप बाँधको पानी प्रदुषित हुने तथा जलीय जीवजन्तुहरु तथा वनस्पतिहरु माथि पर्यायवरणीय जोखिमको सम्भावना बढेर जान्छ । प्राकृतिक जलचक्र तथा नदीको कछारमा प्राकृतिक भुआकृतिहरुको विकासमा व्यवधान आउँछ । नदी आफ्नो प्राकृतिक भूमिकालाई सही तरिकाले निर्वाह गर्न पाउँदैन । बाढीको लेदोयुक्त पानीसँग बगेर आउने कार्बनिक पर्दाथहरु र बाँधको पानी उम्रिने वनस्पतिहरुको अक्सिजन बिहिन वातावारणमा सड्नाका कारण मिथेन ग्याँस बन्दछ । यो ग्याँस जलाशयको सतह स्लीपवे हाइड्रल बाँधको टर्वाइन र डाउन स्ट्रीममा उत्सर्जीत हुन्छ । यो ग्याँस जलवायु परिवर्तनका लागि जिम्मेवार मानिन्छ । प्रत्येक नदी आफ्नो विभिन्न चरणहरुमा प्राकृतिक घटकहरु सक्रिय सहयोगबाट अनेकौ गतीविधिहरु पूरा गर्दछ । यी गतीविधिहरुको अन्तरगत उसले अद्यः स्थल जलको प्रवाहको निरन्तरता एंव नियमनको लागि अपक्षिय पर्दाथहरु, रेत, ढुङगा माटो निर्माण गर्दछ । अद्यः स्थल जल जब संयोजित कणहरुको समानुपातीक तथा कार्यरत दबाब द्वारा नियन्त्रीत हुन्छ । निर्माण कार्यहरुमा बालुवाको उपयोग अपरिहार्य हुन्छ । नदी मार्गको ठाँउ ठाँउमा विभिन्न गहिराइ सम्म खनेर बालुवा निकाल्ने गरिन्छ । बालुवा निकाल्नाले गर्दा नदीमा गहिरो खाल्डाहरु बन्ने गर्दछन । हर साल,बाढीको बालुवा गिटि गेगर र सील्ट युतm पानी खाल्डोलाई पूरा या आंशीक रुपमा भरी दिन्छ । खाल्टाहरु पुनः भारित स्थानहरुमा अद्यः स्थलीय तहको भुजलीय गुण बदली दिन्छ । यसका कारण अद्यःस्थल जलको प्रवाहलाई नियमन गर्ने तहको निरन्तरता नष्ट हुन्छ । निरन्तरता नष्ट हुनको कारण अद्यः स्थल जलको प्रवाहलाई नियमन गर्ने तहको प्राकृतिक भुमिका भंग हुने गर्दछ । नदी मागको गहिरो खल्टोहरुमा भरिएको नयाँ माटो तथा बालुवा अद्यःस्थली तहको जलप्रवाहलाई ठाँउ ठाँउमा अवरुध गर्दछ । परिमाणस्वरुप यी स्थानहरुमा अद्यः स्थलीय को केहि भाग उत्सर्जित भएर जान्छ । परिमाणस्वरुप नदी मार्ग अघिल्लो हिस्साले पाउने जलको मात्रा घटेर जान्छ । यो स्थीति वर्षातको तत्काल पछि एकातिर त सम्पूर्ण खनन स्थलहरुमा अद्यः स्थली जलको मात्रालाई घटाँउछ । अद्यः स्थली जलको योगदान घटनाका कारण सतही जलप्रवाह कम हुन थाल्द छ तथा नदी सुकने स्थीति उत्पन्न हुन थाल्द छ । आज हाम्रो चुरे भावर क्षेत्रबाट वग्ने सबै खहरे खोलाहरुको अवस्था यस्तै छ भन्दा हुन्छ । वर्षाको जलको केही हिस्सा जमीनमा रसाएर एककीफरहरुमा संचीत हुने गर्दछ । प्रत्येक नदीमा वर्षायामा बग्ने पानी मुख्यतः वर्षापल तथा वर्षात पछि बग्ने पानी भुजल हुन्छ । बर्षाजल धर्तीमा रसाउनाले भुजल स्तरमा उन्नयन हुन्छ तथा उत्सर्जनका कारण गिरावट आउछ । पछिल्लो केही दशकहरुमा भुजलको दोहन तेजीले बढेको छ । भुजल दोहन बढनाको कारण भुजलस्तरको प्राकृतिक गिरावटमा दोहनको कारणबटा हुने गिरावट जोडिएको छ । यी दुवैको मिलीजुली असरले जसै भुजल स्तर नदी तलको तल उतरीन्छ नदीको प्रवाह समाप्र हुन्छ र असमयमा सुखद छ । सहायक नदीहरुको साना इकाइहरु गैैर मनसुनी जल प्रवाह र त्यसै अबधिमा भुजल दोहन एवं भुजलस्तरको औसत गिरावटको सह संबन्धलाई स्पपट गर्ने जानकारीको भने अभाव छ । मानवीय हस्तक्षेपहरुका कारण हरित गृह ग्याँसहरुको उत्सर्जन बढी रहेको छ । यसका कारण मौसम तथा तापमानमा अप्रत्यशीत परिवर्तन भई राखेको छ । अतीवृष्टी तथा अल्ष्वृष्टीको स्थितीहरु बनी रहेको छ । अतीवृष्टीका कारण नदीहरुमा अचानक बाढी आउने र बाँध फुटने जोखीम बढदो छ । अल्प बर्षाको कारण नदीहरु जल प्रवाह घट्दो छ । जल प्रवाह घटनाले नदीहरु सुक्ने घटनाहरु बढदो छ । वनहरु कम हुनु तथा माटो कटान बढनाको कारण नदीहरुको गैर मनसुनी जल प्रवाह कम हुदै गई राखेको छ । नदी जलमा प्रदुषण बढदो छ । अतः आवश्यकता मानवीय हस्तक्षेपहरु तथा जलवायुको असरलाई कम गनेुमा छ । यसमा गरीएको ढिलाई या यसलाई अनदेखि समाजलाई महंगो पर्ने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News