यस्तो छ मन्त्री वस्यालको जीवनी

यस्तो छ मन्त्री वस्यालको जीवनी

  • Kanchan News

  • सोमवार, भदौ १७, २०८१

  • 281
    SHARES
यस्तो छ मन्त्री वस्यालको जीवनी

पर्वत क्षत्र नं. २ बाट प्रदेश सभामा निर्वाचित मित्रलाल वस्यालको जन्म २०१४ भदौँ ५ गते साविक हुवास गाविस र हालको पैयूँ गा.पा. वडा नं.५ पर्वतमा भएको हो । बुबा पशुपति बस्याल र आमा हरिकला बस्याल बाट जन्मेका बस्यालको श्रमति सहित २ छोरा र ३ छोरी छन् ।

उहाँको राजनितिको यात्रा २०३५ सालमा वडा सदस्यमा निर्वाचित भए सँगै शुरुवात भएको थियो । उहाँ २०३६ साल मा बहुदलको पक्षमा लागे सँगै वडा सदस्य पद पञ्चायतले निलम्बित गरेका थिए ।

उहाँ २०४३ सालमा जनपक्षिय प्रधानपञ्च हुनुभयो । २०४७ सालमा नेकपा एमाले पार्टिको सदस्य हुनुभयो । २०४९ सालमा गा.वि.स. अध्यक्षमा निर्वाचित हुनुभयो । २०४९ सालमा  जिल्ला कमिटि सदस्य हुनुभयो ।  २०५४ सालमा जिविस सदस्य हुनुभयो ।

२०६२ सालमा नेकपा एमाले क्षेत्रीय कमिटि अध्यक्ष हुनुभएका बस्याल जिल्ला कमिटिमा लामो समय सम्म आबद्व हुनुभयो । २०६३ सालमा अध्यारो दक्षिण पर्वतलाई उज्यालो बनाउने अभियानका नेतृत्वकर्ता बस्याल सामुदायिक विधुतिकरण उपभोक्ता महासंघको जिल्ला अध्यक्ष समेत हुनुभएको ।

२०७४ सालमा किसान महासंघको केन्द्रिय सदस्य हुनुभएका बस्याल २०७४ सालको स्थानिय चुनावमा पैयूँ गा.पा. अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ किसान महासंघको केन्द्रिय लेखा आयोगको उपाध्यक्ष समेत हुनुहुन्छ ।

२०७८ सालमा एमाले गण्डकी प्रदेश कमिटि सदस्य हुदै सचिवालय सदस्य बन्नुभयो ।

बस्याल २०७९ सालमा प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट प्रदेस सांसदमा निर्वाचन हुनुभयो । २०८० सालमा नेकपा एमाले प्रदेश कमिटि सचिवालयमा निर्वाचित हुनुभयो ।

बस्याल विभिन्न समयमा भएको आन्दोलनमा पटक पटक हिरासतमा रहनुभएको थियो । सामन्तवादको बिरुद्ध कडा रुपमा प्रस्तुत हुने विकास निर्माणमा तल्लिन रहने बस्याल गण्डकी प्रदेशको उधोग तथा पर्यटन मन्त्री बन्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News