यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री,पिएस लाई सञ्चार मन्त्रालय

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री,पिएस लाई सञ्चार मन्त्रालय

  • Kanchan News

  • सोमवार, असार ३२, २०८१

  • 175
    SHARES
यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री,पिएस लाई सञ्चार मन्त्रालय

नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।

एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।

पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् ।

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् ।उद्योगमन्त्रा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News