पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु,बागलुङ बजार क्षेत्र डुबानमा

पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु,बागलुङ बजार क्षेत्र डुबानमा

  • Kanchan News

  • बिहिबार, असार २८, २०८१

  • 77
    SHARES
पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु,बागलुङ बजार क्षेत्र डुबानमा

वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

बागलुङ बजार क्षेत्र डुबानमा

बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ बजार क्षेत्र प्रभावित भएको छ । भारी वर्षापछि आएको भलपानीले निकास नपाउँदा बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

बजारको माथिल्लो भेगबाट आएको बल बजारमा पसेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।स्थानीयका अनुसार मध्यपहाडी लोकमार्गदेखि आएको भल बागलुङ बजारमा पसेको हो । भलबाढीले बजार क्षेत्रका विभिन्न बाटोमा क्षति पुर्‍याएको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News