अविरल वर्षापछिकाे पहिरोले कास्कीमा २ जनाको मृत्यु भएको छ । मादी गाउँपालिका ५ चितेपानीमा कच्ची घर भत्कँदा १३ वर्षकी आयुश्मा रानाभाटको मृत्यु भएको पहिराेले घर पुरिदा मृत्यु भएकाे हाे । सँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते भएकी छन् ।
पोखरा ७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ । उनकी आमा रितु सुनार घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज ल्याइएकने छ ।