मुख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • Kanchan News

  • आइतवार, असार १०, २०८१

  • 48
    SHARES
मुख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
d'Vo ;lrj 8f cof{n sf7df8f}F, @@ ebf} M d'Vo ;lrj 8f j}s'07 cof{n /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu z'qmaf/ s'/fsfgL ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

मुद्दा दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा परेका छन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो सम्भवतः पहिलो घटना हो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News