
नेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन वाट देवीप्रसाद तिमिल्सिना अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
जेष्ठ २५ र २६ गते पर्वतको फलेवासमा सम्पन्न अधिवेशनमा नया नेतृत्व चयनका लागि शनिवार निर्वाचन सम्पन्न भएको थियो ।निर्वाचनमा अध्यक्षमा विजय तिमिल्सिनाले १६४ मत प्राप्त गर्नुभएको थियो भने उहाका प्रतिद्धन्द्धी विक्रम जिसीले ४६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नारायण प्रसाद शर्माले १५९ मत प्राप्त गरि विजयहूनुभएको छ भने उहाका प्रतिद्धन्द्धी तारानाथ क्षेत्रीले ३९ मत प्राप्त गर्नूभएको छ ।
सचिवमा गोविन्द प्रसाद भुषालले १६६ मत प्राप्त गरि विजयहूनूभएको छ भने उहाका प्रतिद्धन्द्धी समुन्द्र शर्माले ३७ मत प्राप्त गर्नुभएको थियो । उप सचिवमा विनोद प्रसाद भुषाल र सुनिता शर्मा विजयहूनु भएको छ ।नगरकमिटी सदस्यहरु भने सर्वसम्मत रुपमा चयन भएका छन् । नेकपा एमाले ले जेष्ठ मसान्त सम्म सवै पालिकामा अधिवेशन सम्पन्न गर्ने योजना अगाडी वढाएको थियो सोही अनुसार फलेवासमा अधिवेशन सम्पन्न भएको हो ।
नेकपा एमाले पर्वतको जिल्ला अधिवेशनमा दुइ लाइनमा चुनाव भए पछि पर्वतमा सवै पालिका यसको असर देखीएको छ ।