२८ गते विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पाण्डे,विश्वासको मत दिन राप्रपालाई देउवाको पत्र

२८ गते विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पाण्डे,विश्वासको मत दिन राप्रपालाई देउवाको पत्र

  • Kanchan News

  • शुक्रबार, जेष्ठ २५, २०८१

  • 33
    SHARES
२८ गते विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पाण्डे,विश्वासको मत दिन राप्रपालाई देउवाको पत्र

गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् ।
पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीमा विश्वासको मतमा साथ दिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

१६ जेठमा सर्वोच्च अदालतको आदेश अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बनेका छन् । पाण्डेलाई विश्वासको मतको आग्रह गर्दै देउवाले लिङदेनलाई पत्र लेखेका हुन् ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News