पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल उद्घाटन

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल उद्घाटन

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ८, २०८१

  • 55
    SHARES
पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल उद्घाटन

गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पतालले सेवा दिनुपर्ने धारणा राख्नु भयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज उद्घाटन गर्दे अधिकारीले सबैको पहल र प्रयत्नबाट तिन सय बेडको हस्पिटल स्थापना भएको पोखरा विश्वविद्यालयले स्वास्थ्यको अधिकार सबैको भएकाले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्न सुझाव राख्दै विश्व विद्यालयको इतिहासमा शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न आग्रह गर्नु भयो ।   शिक्षा र स्वास्थ्यमा गुणस्तर नभएमा देश विकास नहुने, स्वास्थ्य भनेको शारीरिक, मानसिक र सामाजिक कार्य भएकाले स्वास्थ्यको कारणले जनता शारीरिक एवम् मानिसक रुपमा विचलन नहुने गरि संस्थाले सीमा र दायरामा रहेर  सेवामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गर्नु पर्ने सुझाव राख्दै विश्व विद्यालयको हितमा, गरिब र असहायकालागि मध्यनजर राख्दै समाजको हितमा सबै एकसाथ मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

गण्डकी प्रदेशकी सामाजिक एवं स्वास्थ्य मन्त्री सिताकुमारी सुन्दासले प्रदेशभरिका ११ जिल्लाको अभियानको रुपमा स्वास्थ्य सेवा, खोज र अनुसन्धानमा लाग्न विश्व विद्यालयलाई आग्रह गर्नु भयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विश्वविद्यालय प्रगति पथमा अगाडी बढेको बताउँदै शिक्षण अस्पतालले जिल्ला वडा र स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर  विद्यार्थीले प्राक्टिकलका साथै अनुसन्धान मूलक सेवा दिनु पर्ने सुझाव राख्नु भयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दीपकबहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दे आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने यो देशकै यो क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको बताउनु भयो ।

पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले १० करोड रुपैयाँको लागतमा बनेको शिक्षण अस्पतालले एमबिबिएसका कक्षा सञ्चालन  विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरुवात गर्न सकिएकोमा आफु अत्यन्तै गौरवान्वित र भाग्यमानी रहेको उल्लेख गर्ने अस्पताल सञ्चालनले विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान दिनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागेला, समाजसेवी विष्णु पोख्रेल, पोखरा विश्वविद्यालयका प्राध्यापक संघका सभापति डा. निरन श्रेष्ठ,, कर्मचारी संघका अध्यक्ष चोलाकान्त चुहाइ, शिक्षण अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादव, तारादेवी सापकोटा लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News