गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक नागरिकलाई स्वास्थ्यको बारेमा सचेत गराउन प्रदेशका स्वास्थ्यकर्मीलाई निर्देशन दिनु भएको छ ।
सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशका नागरिकलाई स्वास्थ्यको बारेमा सचेत गराउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनु भएको हो ।
घर घर तथा स्कुल स्कुलमा नर्स तथा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै मुख्यमन्त्री अधिकारीले व्यक्ति स्वास्थ्यको बारेमा सचेत रहनुले धेरै प्रकारका रोगहरूबाट बच्नु तथा बचाउनु भएको जनाउनु भयो ।
औषधीको, स्वास्थ्यकर्मी र इकुपमेन्टको गुणस्तर मापन गर्न अर्को प्राधिकरण गठन गर्ने केही बर्ष अघि घोषणा गरिए पनि आजसम्म त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको उहाँको भनाई थियो ।