नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधवार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो पार्टीको संसदीय दलले जनाएको छ ।
नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले मंगलवार माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै संविधानको धारा १८८ अनुसार ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।