विष्णुजीले उपप्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन

विष्णुजीले उपप्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन

  • Kanchan News

  • बुधबार, फाल्गुन २३, २०८०

  • 68
    SHARES
विष्णुजीले उपप्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री, मन्त्री बन्न खोज्दा नमानेको बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा उपाध्यक्ष पौडेलसँगै पुगेका अध्यक्ष ओलीले उपप्रधान तथा मन्त्री बन्न गरेको प्रस्ताव पौडेलले अस्विकार गरेको बताएका हुन् ।

सम्बोधनकै क्रमका अध्यक्ष ओलीले ‘फेरि मन्त्री बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेल जी’ भन्दै सम्बोधन गरेका थिए । ‘उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री । आज फेरि बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेल जी’, उनले भने ।

ओलीले धर्मका नाममा द्धन्द मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन् । नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुन थालेको उनले बताए ।
‘जाती, धर्मका नाउमा द्धन्द निम्त्याउने काम भैरहेको छ, यो नेपाल र नेपालीको लागि दुःखद हो । यसमा हामी सचेत हुनु जरुरी छ’ ओलीले भने ‘नेपाली धर्मका नाममा द्धन्द, काटाकाट, मारामार गर्दैनन् । त्यो धर्म होईन ।’ सर्वे भवन्तु सुखिन्, सर्वे सन्तु निरामय भन्ने बाक्यांशले नेपाली सबैलाई सुखी र खुसी राख्ने भन्दै नेपालीहरुले मिलेर बस्ने धर्म मान्दै आएको बताए ।
अध्यक्ष ओलीले मानिसको चेतना र भावनालाई ठिक पारे मान्छेले नै सिर्जना गरेका समस्या समाधान हुने बताए । ‘अहिले दुई खालका प्रयास भैरहेका छन् । मानिसलाई तनाव गराउनेहरु एकातर्फ सक्रिय छन् भने अर्कोतर्फ बिज्ञहरुले यज्ञका माध्यामबाट सुव्यवहारतर्फ लैजाने प्रयास भैरहेका छन् । मानिस मानिसबीच द्धन्द घटाउन धर्मका माध्यामबाट प्रेम भाव फैलाउने काम पनि भएका छन् ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News