गरि खान देउ भन्दै विहादीका उद्योग व्यवसायीहरूले बुझाए गाउँपालिकामा ज्ञापनपत्र

गरि खान देउ भन्दै विहादीका उद्योग व्यवसायीहरूले बुझाए गाउँपालिकामा ज्ञापनपत्र

  • Kanchan News

  • आइतवार, पुस २९, २०८०

  • 361
    SHARES
गरि खान देउ भन्दै विहादीका उद्योग व्यवसायीहरूले बुझाए गाउँपालिकामा ज्ञापनपत्र

विहादी गाउँपालिकाका उद्योग व्यवसायीहरुले आफुहरुलाई गरि खाने वातावरण बनाउन माग गर्दै गाउँकार्यपालिकामा ज्ञापनपत्र बुझाएका छन् । विहिवार गाउँपालिकाका उद्योग व्यवसायीहरुले काम गरेर खान पाउने सुश्चितता होस भन्दै विहादी गाउँपालिकाको कार्यालय ज्ञापन पत्र बुझाएका हुन् । स्थानिय सरकार बाट आफुहरुलाई व्यवसयाय गरेर खाने वातावरण नबनेको भन्दै विहादी गाउँपालिकाका उपाध्यक्ष समक्ष आफुहरुले ज्ञापन पत्र बुझाएको व्यवसायी डम्मर कुमार श्रेष्ठले जानकारी दिनुभयो । “हामी व्यवसाय गरेर खाने वातावरण मिलोस् भन्दै ज्ञापनपत्र लिएर पालिका पुगेका थियौँ अध्यक्षको कार्यालयमा अनुपस्थिती भएपछि हामी उपाध्यक्ष लाई ज्ञापन पत्र बुझाएका छौँ उहाँले भन्नुभयो, हामी जस्ता व्यापार व्यवसायीलाई सरकारले विस्थापित गराउन तर्फ लाग्यो,हामीलाई कुनै व्यवसाय गर्ने वातावरण बनेन् ।
विहादी गाउँपालिकाका व्यवसायीहरुले निति संवत तथा करको दायरा भित्र रहेर व्यापार व्यवसाय गर्दा पनि आफुहरुलाई स्थानिय बाटनै प्रतिरोध गर्ने काम भएको र यस्ता क्रियाकलापरुले व्यपार व्यवसाय गर्नेलाई निराशा पैदा भएको बताएका छन् ।

राज्य उद्योग व्यवसायी प्रति उत्तरदायी नभएको गुनासो गर्दै उनीहरुले युवा व्यवसायीहरु लाइ थोरै भएपनि उत्प्रेरणा वा राहत हुने कार्य गर्न पनि माग गरेका छन् । देश निर्माण मा युवाहरु को ठुलो भूमिका रहेको र युवाहरु ले आफ्नो देशमा केही गरी रोजगारी सिर्जना गर्छौ भन्दा पनि वातावरण नभएको उनीहरुको गुनासो छ । यस्तै अवस्था रहिरहे उद्योग व्यवसाय गरेका उद्योगी र व्यापारी १ बर्ष भित्र मै पलायन हुने स्थिति आएको बताईएको छ ।
राज्यको चर्को कर राजश्व र नेपाल को स्थितिले फेरि पलायन हुनुको बिकल्प देखिएन केबल यहाँ त युवा व्यवसायीहरु राजा महाराजा हरु लाइ कमिसन खाने संस्था भयो व्यवसायी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News