नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय–पोखरा मालेपाटन, पोखरा महानगरपालिका र नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा सुरु तीनदिने प्रदर्शनी २२ पुससम्म चल्नेछ।
प्रदर्शनीको गण्डकी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन्। आयोजक संघका अध्यक्ष कृष्ण शर्माका अनुसार मुख्य सात उद्देश्य लिएर प्रदर्शनी आयोजना गरिएको हो।
एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुबारे जानकारी गराउन, नीति निर्माता, पेशागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गर्न, लगानीको अवसर सृर्जना गर्न, कृषि यन्त्र तथा प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषकबीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्न, नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणालीको विकास गर्नु उद्देश्य रहेको शर्माले जानकारी दिए।
तीनदिने प्रदर्शनीमा ६० बढी प्रदर्शनकर्ताबाट भारत, जापान, चीन, इन्डोनेसियालगायत १० बढी देशमा निमार्ण भएका कृषि औजार, उपकरण तथा प्रविधिहरुको बारेमा अवलोकनकर्ताले जानकारी पाउनेछन्।