हीरक जयन्ती मनाउँदै राष्ट्रिय मावि पोखरा,मंसिर २० गते उद्घाटन

हीरक जयन्ती मनाउँदै राष्ट्रिय मावि पोखरा,मंसिर २० गते उद्घाटन

  • Kanchan News

  • मङ्लबार, मंसिर १२, २०८०

  • 84
    SHARES
हीरक जयन्ती मनाउँदै राष्ट्रिय मावि पोखरा,मंसिर २० गते उद्घाटन

पोखरामा रहेको पुरानो विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ । पोखरा महानगरपालिका वडा नं. १ पुरानो टुँडिखेमा रहेको राष्ट्रिय माविले स्थापनाको ७५ औ वर्ष प्रवेश गरेको अवसरमा यहि मंसिर २० गते हीरक जयन्ती मनाउन लागेको हो । रिहक जयन्ती एक वर्षसम्म मनाउने घोषणा गरेको उक्त विद्यालयले उद्धघाटन मंसिर २० गते गर्ने तयारी गरेको पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको छ ।
उद्धघाटनको दिन प्रभातफेरी पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्ती समारोहको उद्घाटन गर्ने कार्यक्रम तय छ ।
प्रभातफेरी ¥याली विद्यालय स्थापना भएको पोखरा(३ नदीपुरस्थित नारायणस्थान मन्दिरबाट सुरु गरिने राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिनुभयो । प्रभातफेरी र्याली पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, भीमसेनटोल, बागबजारहुँदै विद्यालय परिसर पुरानो टुँडिखेलमा आएर हीरक जयन्ती शुभारम्भ सभामा परिणत हुने उहाँको भनाई छ ।
प्रभातफेरीमा पञ्चे बाजासँगै सरस्वतीको झाँकी प्रदर्शन गरिनेछ भने विद्यार्थीहरु विभिन्न भेष भुषामा सजिएर प्रस्तुत हुने विद्यालयले जनाएको छ । २० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थाही स्कीकृती पाएसगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमार्णको काम सुरु भएको थियो । नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो । सोही क्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आईपुगेको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसपछि तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निर्माण सम्झौता भएको थियो । भवन निमार्णको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए ।
विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तीर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेसनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु भएको विद्यालयका हाल ४४ जिल्लाका गरि एक हजार चार सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News