रिगलको कैद मिनाहा बदर, रिगललाई बांके प्रहरीले नियन्त्रणमा लियो

रिगलको कैद मिनाहा बदर, रिगललाई बांके प्रहरीले नियन्त्रणमा लियो

  • Kanchan News

  • बिहिबार, कार्तिक १६, २०८०

  • 157
    SHARES
रिगलको कैद मिनाहा बदर, रिगललाई बांके प्रहरीले नियन्त्रणमा लियो

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएका हुन् ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय गरेका थिए । रिगलको बाँकी कैद सजाय माफी दिने निर्णय पीडितको हक प्रतिकूल देखिएको सर्वोच्चको ठहर छ ।

आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र कार्यान्वयन गर्ने राष्ट्रपतिविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पछिल्लो आदेश दिएको हो ।

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले  बताए ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News