पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा कम्युनिष्ट पार्टि एमाले मात्र रहेको बताउनुभएको छ । सोमबार गण्डकीप्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले नेपालमा कम्युनिष्ट पार्टीको खोल ओढेका अन्य राजनितिकदलभएपनि तिनीहरु वास्तविक कम्युनिष्ट नभएको बताउनुभयो । ´यो देशमा अन्य कम्युनिष्ट नामधारी गरेकाहरुले दिग्दभ्रम छरिरहेकाछन्, उहाँले भन्नुभयो,तिनीहरु कम्युनिष्ट होईनन् एमाले मात्र यो देशको सच्चा एक कम्युनिष्ट पार्टी हो´।
गुरुङले अबको १० वर्ष एमालेमा केपी ओलीको विकल्प नभएको पनि बताउनुभयो । कम्युनिष्ट पार्टीलाई शक्तिशाली बनाउन केपीओलिको नेतृत्व आवश्यक रहेको औल्याउनुभयो । उहाँले मुलुकको समृद्वि,विकास र परिवर्तन एमाले बाट मात्र सम्भव भएको बताउनुभयो।