पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीका माझी समुदायका मानिसहरुलाई पोशाक वितरण गरिएको छ । विहादी गाउँपालिका वडा नं. ३ रानीपानी वडा कार्यालयले माझी समुदायका मानिसहरुलाई उनीहरुको पहिचान तथा मौलिक संस्कृति झल्काउने पोशाक वितरण गरेको हो । नेपाल सरकारले सुचिकृत गरेको अति सिमान्तकृत माझी समुदायमा बोटे जातिको पहिचान झल्किने गरी पोशाक वितरण गरिएको वडाध्यक्ष गणेश प्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले बोटे समुदायको मौलिकपन हराउन नदिन तथा उनीहरुको उत्थान र विकासको लागि आगामी दिनमा नयाँ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । अध्यक्ष पराजुलीले अब बोटे समुदाय सामाजिक कार्यमा पनि अग्रसर हुनु पर्नेमा जोड दिदै जीविकोपार्जनको लागि सीपमुलक तालिम संगै सचेतनाको आवश्यक रहेको पनि बताउनुभयो ।
बिहादी गा.पा वडा न. ३ रानीपानीको इमिचौरमा रहेका माझीहरुलाई पोशाक वितरण गरिएपछि उक्त समुदायमा खुसीयाली छाएको छ । उक्त वडामा २० घरपरिवार बोटे समुदाय बसोबास गर्दै आएका छन् ।