सिमावर्ती शहरमा पर्यटन प्रवर्द्धनको लागि नाटा भारत जादै

सिमावर्ती शहरमा पर्यटन प्रवर्द्धनको लागि नाटा भारत जादै

  • Kanchan News

  • शुक्रबार, भदौ २२, २०८०

  • 232
    SHARES
सिमावर्ती शहरमा पर्यटन प्रवर्द्धनको लागि नाटा भारत जादै

नेपालसँग सीमाना जोडिएका भारतीय शहरमा पोखराको पर्यटन प्रवद्र्धन प्रवद्र्धनका लागि भोलीदेखी प्रवद्र्धनात्मक अभियानसञ्चालन हुने भएको

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमाबंगाल ट्राभल मार्टमा भदौ २५गतेसम्म यहाँको प्रवद्र्धन गर्न लागेको हो

नाट्टाका अध्यक्ष हरिराम अधिकारीले पोखरा नेपालको लागि पर्यटकको स्रोत बजारका बनेको नेपालसँग सिमाना जोडिएका भारतकाशहरहरुमा प्रवद्र्धन अभियान सञ्चालन हुने बताउनुभयो

उहाँले भन्नुभयो,“नेपालको राजनीतिक घटनाक्रम विभिन्न प्राकृतिक प्रकोपका कारण अहिले पोखराको पर्यटन सुस्ताइरहेको यस्तो अवस्थामा भारतीय बजारमा बोर्डर सिटी प्रमोसनल अभियान अत्यन्त महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ यसबाट भारतकाशहरहरुबाट पर्यटक आगमन बढाउन मद्धत पुग्नेछ

नाटाले गत वैशाखमा पनि भारतको पटना, वाराणासी, अयोध्या गोरखपुरमा प्रवद्र्धन अभियान बीटुबी मिटआयोजना गरेको थियो त्यस बेलाको अभियानले पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढाउन योगदान गरेको व्यवसायीको भनाई

भारतको सिलगुढीमा हुनेबंगाल ट्राभल मार्टमा भारतका विभिन्न शहरहरु, बंगलादेश भुटानको पाँच सय भन्दा बढी टुर अपरेटरहरुकोसहभागिता एक हजारभन्दा बढी भिजिटरको आगमनले पोखरा, गण्डकी प्रदेश सहित समग्र नेपालको प्रवद्र्धनमा सघाउ पुग्ने बताइन्छ

“‘बंगाल ट्राभल मार्टमा धेरै देशका ट्राभलहरुको सहभागिता रहने भएकाले हामी उहाँहरुलाई पोखरा घुम्न आउनका लागि सकारात्मकसन्देश दिन्छौँ यहाँको सडक, हवाईयात्रा लगायतका बारेमा रहेको नकारात्मक कुरा चिछौँ अध्यक्ष अधिकारीले भन्नुभयो ।मार्टमानाट्टा गण्डकीको समन्वय पोखरा महानगरपालिकाको सहकार्यमा राखिने स्टलमा बीटुबी छलफल हुनेछ

पोखराको कला संस्कृति झल्कने गरी सजाइने सो स्टलमा पोखराको वृत्तचित्र निरन्तर प्रदर्शन गरिने अन्य प्रवद्र्धनात्मक सामग्रीप्रदर्शन वितरण गरिने नाट्टाका निर्वतमान अध्यक्ष समेत रहनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हवाई स्थलमार्गबाट पुग्न सकिने नजिकको पर्यटकीय गन्तव्य भएकालेपोखरा सबै मौसमका लागि घुम्न उपयुक्त भएको विषय आगन्तुकहरुलाई अवगत गराइने नाट्टाले जनाएको

पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले पोखराको समृद्धि पर्यटन क्षेत्रको विकासबाट मात्र सम्भव भएकाले प्रवद्र्धनात्मककार्यक्रमलाई महानगरले जोड दिएको बताउनुभयो

उहाँले यस अभियानलाई महानगरको तर्फबाट रु १० लाख सहयोग गरिएको जानकारी दिनुभयो। बोर्डर सिटी प्रमोसनल अभियानमापर्यटन व्यवसायी, सञ्चारकर्मी लगायत गरी १३ जनाको सहभागिता रहने नाटका महासचिव संगीता पौडेलले बताउनुभयो


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News