छ प्रदेशमा एमाले अध्यक्षका आकांक्षी को को छन् ? हेर्नुहोस्

छ प्रदेशमा एमाले अध्यक्षका आकांक्षी को को छन् ? हेर्नुहोस्

  • Kanchan News

  • बिहिबार, भदौ २१, २०८०

  • 300
    SHARES
छ प्रदेशमा एमाले अध्यक्षका आकांक्षी को को छन् ? हेर्नुहोस्

पोखरा

सातै प्रदेशको अधिवेशन गर्न लागेको नेकपा एमालेले लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । सात प्रदेश मध्ये पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा सम्पन्न भएको हो । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिए पनि लुम्बिनी प्रदेशमा निर्वाचन बाट नेतृत्व छनौट गरिएको छ । एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल बिजयी हुनुभएको छ । उहाँको नेतृत्वमा नयाँ कमिटि गठन भएको छ । बाकीँ ६ प्रदेशमा महाधिवेशनको रस्साकस्सी चलेको छ । सबै प्रदेशमा एमालेले सर्वसम्मत कमिटि गठन गर्ने प्रयास गरेको छ तर लुम्बिनीमा मतदाननै भएपछि अन्य प्रदेशमा पनि मतदान हुन सक्ने आकंलन गरिएको छ ।
असोज ५ र ६ गतेको लागि तोकिएको मधेस प्रदेशको अधिवेशन विभिन्न कारणले केहीँ समय ढिला हुने भएको छ । १ सय ९९ सदस्यीय हुने यस प्रदेशमा अध्यक्षको लागि पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, राजकिशोर यादवले चासो राखेका छन् । यस प्रदेशमा अन्यको भने ईच्छा देखिदैन ।
यस्तै असोज ८ र ९ गते हुने वाग्मती प्रदेशको अधिवेशनले २ सय ४० सदस्यीय नयाँ कमिटि बनाउदै छ । यस प्रदेशको नेतृत्व लिन युवा संघका पुर्वअध्यक्ष तथा पोलिटव्यूरो सदस्य महेश बस्नेत,दोलखाका पार्वत गुरुङ, सिन्धुपाल्चोकका अरूण नेपाल, रामेछापका कैलाश ढुंगेल र नुवाकोटका केशव पाण्डे आकांक्षी देखिएका छन् ।
आगामी असोज १२ र १३ गते कोसी प्रदेशको अधिवेशन विराटनगरमा हुँदैछ । अधिवेशनले १ सय ५१ सदस्यीय कमिटि छनौट गर्नेछ । कोशी प्रदेशको अध्यक्षको लागि हालका प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पुनः ईच्छा रखेका छन् । यहाँ पोलिटब्युरो सदस्य विशाल भट्टराई,केन्द्रीय सदस्यहरू विनोद ढकाल, घनश्याम खतिवडा, टीकाराम चेम्जोङ लगायतका नेताले आकांक्षा राखेका छन् ।
असोज १५ र १६ गते हुन लागेको गण्डकी प्रदेशको अधिवेशनले ५ सय ५५ सदस्यीय कमिटी बाट घटाएर १ सय ६५ सदस्यीय नयाँ कमिटि बनाउने छ । गण्डकी प्रदेशको अध्यक्षको लागि हालका प्रदेश कमिटि सचिव लमजुङका धनञ्जय दवाडी,लमजुङकै एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारी, प्रदेश कमिटि उपसचिव कास्कीका रश्मि आचार्य, केन्द्रिय सदस्य द्धय बाग्लुङका डा. सूर्य पाठक, कास्कीका राजीव पहारी र बाग्लुङका हिरा केसी लगायतले इच्छा राखेका छन् ।
असोज १० र ११ गते हुन लागेको कर्णाली प्रदेशको अधिवेशन बाट १३० सदस्य नयाँ कमिटि बनाउने तयारी छ । कर्णालीमा विष्णु रिजाल, निरज आचार्य, मीनबहादुर शाही, राजबहादुर बुढा, दलबहादुर रावल, गुलाबजंग शाहलगायतले आकांक्षा राखेका छन् ।
त्यस्तै मा सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौ २१ र २२ गते गर्ने तयारी छ । १५५ सदस्यमा कमिटि बन्ने उक्त प्रदेशको अध्यक्षमा पोलिटब्युरो सदस्य कर्ण थापा,वचन सिंह, लालबहादुर थापा, कृष्ण जैसी लगाएतका नेताको आकांक्षा छ ।
एमालेले संसदिय फाँट तथा अन्य कार्यकारी पदमा भएका व्यीक्तलाई पार्टीको कार्यकारी पद अध्यक्ष र सचिवमा बस्न नपाउने निति लिएको छ । यसले केही मात्रामा भएपनि आकांक्षीलाई व्यवस्थापन गर्न टेवा पुग्ने अपेक्षा गरिएता पनि अन्य आकांक्षी पनि धेरै हुदाँ व्यवस्थापन गर्न गाह्रो भएको देखिन्छ । एमालेमा उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेल बिच गुटबन्दी भएको चर्चा बाहिर आएको छ । सबै प्रदेशमा दुई नेता बिच प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने धेरैको बुझाई छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News