ललिता निवास प्रकरणमा लेनदेन मिलाएर संगठित अपराध नभएर किर्ते मुद्दा चलाइयो

ललिता निवास प्रकरणमा लेनदेन मिलाएर संगठित अपराध नभएर किर्ते मुद्दा चलाइयो

सरकारले सीआईबीलाई निकम्मा बनायो : एमाले सांसद गिरी

  • Kanchan News

  • मङ्लबार, भदौ १२, २०८०

  • 62
    SHARES
ललिता निवास प्रकरणमा लेनदेन मिलाएर संगठित अपराध नभएर किर्ते मुद्दा चलाइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो किसिमको नाटक भएको टिप्पणी गरे।

उनले भने, ‘भ्रष्टाचारका नाइकेहरूलाई अदालतले पक्रेर छानबिन गर भन्दा छानबिन गर्दैन। अहिले संगठिन अपधारमा मुद्दा चलाएर थुनामा ६० दिनसम्म थुनामा राखिन्छ। अहिले के मिलेमतो भयो ? के लेनदेन मिल्यो ? उनीहरूलाई संगठित अपराध होइन, किर्तेमा मुद्दा चलाउने काम भएको छ। यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो ? किन अदालतले थुनामा राख्नुपर्यो ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ।’

उनले सीआईबीलाई निकम्मा बनाइएको उल्लेख गर्दै सुन तस्करीमा सत्तापक्षका देखेपछि त्यता आँखा लगाउन नसक्ने बताएको बताए।उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाउने प्रहरीहरूको छानिछानी सरुवा हुन्छ। तर, सुन तस्करीमा सत्ताको मान्छे पनि संलग्न भनेर बोल्दा सांसद सुनिल शर्मालाई बिनापूर्जी थुन्ने काम हुन्छ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News