भदौ ११ ,पोखरा
दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ । उक्त अधिबेशनले धनबहादुर खड्का ( भरत)को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको समेत चयन गरेको छ ।समितिको उपाध्यक्षमा रमादेबी खड्का,सचिबमा कमल बहादुर बस्नेत,कोषाध्यक्षमा दाछिरी शेर्पा सदस्यहरूमा,रविचन्द्र श्रेष्ठ ,सरिता के.सी.,गीता श्रेष्ठ,रामजी भण्डारी,र रोजिना श्रेष्ठ रहेका छन् । अधिबेशनको सो संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले उद्घाटन गरेका थिए ।अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल ,समाजसेबी पदम ढकाल , कोषाध्यक्ष खुस बहादुर खड्का,सचिब कमल बस्नेतले लगायतले मन्तब्य ब्यक्त गरेका ।