आज नागपञ्चमी

आज नागपञ्चमी

  • Kanchan News

  • सोमवार, भदौ ४, २०८०

  • 46
    SHARES
आज नागपञ्चमी

नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरकोदैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्तिअङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ।

विशेष गरेर यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ। नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमाविभिन्न खालका किंवदन्तीहरू पाइन्छ। विशेषत: वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने विश्वासरहेको छ।

महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएरयज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकालेश्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ।

यसरी नै वर्षाकालमा विशेषगरी नाग, सर्पले धेरै दु: दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा विशेषत: श्रावणशुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको जनविश्वास पाइन्छ।

कसैकसैले यसलाई पानीसँग जोडेका छन्। नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागलेपानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ। बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग नागपञ्चमीको महत्त्व बढेको बताइन्छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News