४० जना प्रशिक्षार्थीहरु मन्टेश्वरी तालिमबाट दिक्षित

४० जना प्रशिक्षार्थीहरु मन्टेश्वरी तालिमबाट दिक्षित

  • Kanchan News

  • आइतवार, भदौ ३, २०८०

  • 500
    SHARES
४० जना प्रशिक्षार्थीहरु मन्टेश्वरी तालिमबाट दिक्षित

पोखरा महानगरपालिका-२७, तालचोकमा रहेको भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरबाट दिक्षित भएका ४० जना प्रशिक्षकहरुलाई गत भाद्र २ गते एक समारोहका बीच प्रमाण पत्र वितरण गरिएको छ । ट्रेनिङ सेन्टरको छैटौं वार्षिकोत्सव तथा दिक्षान्त समारोहमा उक्त प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो । भिजन मण्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरले विगत ६ वर्षदेखि पोखरा-२७ मा रहेर मन्टेश्वरी विधिलगायतका माध्यमबाट बालमैत्री शिक्षण पद्दतिमा प्रयोग हुने विधिहरुमा तालिम प्रदान गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मोटिभेसनल स्पिकर सुष्मा पौडल, लेखनाथ उद्योग वाणिज्य संघका उप महासचिव श्री जानुका पराजुली, उद्ममी मेनुका श्रेष्ठ, लेकसिटी मन्टेश्वरीका प्रिन्सिपल प्रभा पौडेल, लिटल स्टार मन्टेश्वरीका प्रिन्सिपल प्रविना विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपस्थित वक्ताहरुले भिजन मन्टेश्वरीले स-साना बालबालिकाहरुको सुन्दर भविष्य निर्माणका लागि शिक्षण गर्ने शिक्षकहरुका लागि महत्वपूर्ण तालिम प्रदान गरेको र आगामी दिनमा दिक्षित हुनुहुने व्यक्तिहरुले भिजनको लक्ष्य तथा उद्देश्य अनुसार कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राख्नु भएको थियो । शिक्षण पेशाले जीविकोपार्जन सँगै आफ्नो काम प्रति गर्व हुनुका साथै आत्मसन्तुष्टि हुने कुरा राख्दै बालबालिकाको पहिलो शिक्षक हुनु पाउनु र बच्चाहरुको सुन्दर भविष्य निर्माणमा लाग्न पाउनु ठूलो कुरा रहेको बताउनु भएको थियो । वक्ताहरुले यस्तो पवित्र र सुन्दर कार्यमा लाग्न चाहाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक दुर्गा सिग्देलले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मन्टेश्वरीका प्रशिक्षार्थी सुष्मा के.सी.ले गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News