हामीले सत्तातिर हेरेका छैनौं,गृहमन्त्रीले राजीनामा दिने बाहेक विकल्प छैनः ओली

हामीले सत्तातिर हेरेका छैनौं,गृहमन्त्रीले राजीनामा दिने बाहेक विकल्प छैनः ओली

  • Kanchan News

  • आइतवार, साउन २८, २०८०

  • 125
    SHARES
हामीले सत्तातिर हेरेका छैनौं,गृहमन्त्रीले राजीनामा दिने बाहेक विकल्प छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्।सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए।

उनले भने, ‘एउटा मात्रै माध्यमबाट क्विन्टलका क्विन्टल सुन ल्याएको छ। यस्तो कम्पनी कसरी आएको छ। त्यसको मान्छेलाई नागरिकता कसले दियो ? त्यो सिफारिसको प्रतिवेदन कहाँ छ ? त्यो गायब छ।’

उनले सत्तापक्षले नै संसद अवरोध गरेर आफूहरूलाई बोल्न नदिएको बताए।

उनले भने, ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्बाध रूपमा काम गर्न पाउनुपर्छ। संसद् देश र जनताका पक्षमा आवाज उठाउने। सरकारमा भए रक्षा गर्ने, नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद् निदाएर, सुतेर बस्ने ठाउँ होइन। संसद् चलोस् न त। संसद् चल्नुपर्छ तर, बरु बोल्नु हुँदैन भन्ने होइन।’

उनले एमालेलाई सरकारमा कुनै रुचि नभएको उल्लेख गर्दै देशको भएको बताए। देशको अर्थतन्त्र सरकारकै कारणले ध्वस्त भएको आरोप लगाए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News