कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

  • Kanchan News

  • शुक्रबार, साउन १२, २०८०

  • 72
    SHARES
कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।  प्रदेश प्रमुख परशुराम खापुङले आज (शुक्रबार) सूचना प्रकाशन गरी साउन १६ गते अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दाबी पेश गर्न आह्वान गरेको हो ।

सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश बमोजिम प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि औपचारिक आह्वान गरेको सूचनामा उल्लेख छ ।

सूचनामा सर्वोच्चको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।

koshi-Prades.png


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News