पोखराको सिर्जनाचोकमा चार दिन अधि बाट मात्रै सञ्चालनमा आएको पोखरा फुटवेयर बिजनेस सेन्टरमा पोखरा महानगरपालिकालेताला लगाएको छ । जुत्ता पसलमा मंगलबार महानगरले ताला लगाएको हो ।
भवनको नक्सा पास बेगर निर्माण भएको र जुत्ता पसल समेत दर्ता नगरी सञ्चालन गरेको भेटिएपछि महानगरबाट खटिएको नगर प्रहरीलेताला लगाएको वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।
साउन ५ गते गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उक्त जुत्ता पसलको उद्घाटन गरेका थिए ।
पसलको वडा, महानगर कतै पनि दर्ता नगरेको भेटिएपछि प्रक्रिया पुरा नगर्ने बेलासम्मका लागि ताला लगाएको महानगरले जनाएको छ।
यता व्यवसायी सुरज बञ्जाडेले पोखरा महानगरले नियोजित रूपमै विधिवत रूपमा दर्ता गर्न दिएको निवेदन दर्ता नगर्ने र दु:ख दिनखोजेको बताए । उनले पसल दर्ता गर्न जादा दश ओटाको एकै ठाउँमा गर्न नमिल्ने छुट्टा छुट्टै गर्नुपर्ने भन्दै दर्ता नै नगरदिएको गुनासो गरे ।हामी कम्पनि रजिष्ट्रार कार्यालयमा दर्ता गरेकै छौँ, भ्याटमा करोबार गरेकै छौँ, महानगरमा पनि दर्ता गरौँ भन्दा दुख दिईयो ।
‘हामीले सबै नियम पालना गरेर व्यवसाय गर्न चाहेका छौं, महानगरले गैरकानुनी रूपमा सूचनासमेत नदिइकन नगर प्रहरी लगाएर बन्दगरायो,’ उनले भने, ‘केही सीमित व्यक्तिको स्वार्थमा महानगरले व्यक्ति हेरेर काखापाखा गर्यो।’ व्यापार व्यवसाय गर्न जहाँ पनि पाईन्छयसो गर्नु गलत र दुखद कार्य हो उनले भने ।
उक्त शोरुम भित्र शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज र हिमानी कलेक्सनगरी १० वटा कम्पनीले स्टलको रूपमा १० वटा छुट्टाछुट्टै पसल राखेका छन् ।