सीता दाहालको अन्त्येष्टि,प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

सीता दाहालको अन्त्येष्टि,प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

  • Kanchan News

  • बुधबार, असार २७, २०८०

  • 73
    SHARES
सीता दाहालको अन्त्येष्टि,प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन्

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट पुर्याइएको हो ।

त्यसअघि, उनको शव श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News