मकवानपुरमा दुईवटा ट्रक ठक्किंदा आगो लाग्यो, तिन जनाको मृत्यु

मकवानपुरमा दुईवटा ट्रक ठक्किंदा आगो लाग्यो, तिन जनाको मृत्यु

  • Kanchan News

  • शनिबार, असार २३, २०८०

  • 71
    SHARES
मकवानपुरमा दुईवटा ट्रक ठक्किंदा आगो लाग्यो, तिन जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको

आज बिहान बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुरकार्कीले जानकारी दिए मनहरी गाउँपालिका नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदैगरेको ना६ख ६६६७ नंको ट्रक विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाएका हुन्

ट्रक ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्तिननगरपालिका का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए

आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको

दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा बस्ने वर्ष ३५ को विवेक तमाङ ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजारहेको बताइएको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News