एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

  • Kanchan News

  • बिहिबार, असार २१, २०८०

  • 88
    SHARES
एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको शिक्षा मन्त्रालयकाप्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए बोर्डले अन्तिम पटक २०७२ सालकोपद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालितपरीक्षामा देशभरका सामुदायिक निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीकोसहभागिता रहेको थियो

दुई लाख ४२ हजार सात सय १२ जना छात्रा दुई लाख ४२ हजार सय ७४ जना छात्रले परीक्षा दिएका छन् प्राविधिक धारतर्फका१५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए विसं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक प्रयोगात्मककोजोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई , ७० देखि ८० भन्दा कमल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कमल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ग्रेड प्रदान गरिन्छ

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था नयाँ पद्धतिअनुसारसबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको

चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थको संख्या एक लाख २ हजार २९३ रहेको छ ।  जुन २१.०९ प्रतिशत हो ।

त्यसैगरी ०.८० देखि १.२ जीपीए ल्याउनेको संख्या दुई हजार २००, १.२ देखि १.६ सम्म ल्याउने ३८ हजार ७७०, १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ जना छन् ।

त्यस्तै, २.४० देखि २.८० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ छ । ७२ हजार ३६२ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ७९ रहेको छ । २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News