उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउपालिका–८ का वडाध्यक्ष राम गुरुङ पक्राउ परेका छन् । उनलाईजिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरीकार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।कांग्रेसबाट वडाध्यक्ष बनेका गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो । तर, जाहेरी दर्ता भएपछि एमालेले वडा कार्यालय लगाएको तालाबुधबार खोलेको थियो ।