
खेतको हिलो सँग रमाउँदै, असारे भाका सुन्दै, रोपार र बाउसेहरूको ख्यालठट्टा गर्दै रोपेको धानको दृश्य यतिबेला मेरो मानसपटलमाछाइरहेको छ । मेरो सानो परिवारको मुख्य पेशा नै कृषि थियो । त्यस बेलाको आम्दानीको स्रोत भनेकै धान हुन्थ्यो । सयौँ मुरी धानउत्पादन गरेर वर्ष भरी त्यसैले खर्च धान्नु पर्थ्यो, साहुलाई व्याजमा पनि धान नै दिनु पर्थ्यो । असार लाग्नु अघि नै घरमा खाजाको लागीभनेर चिउरा तयार गर्नुपर्थ्यो ।
मलाई याद छ आमा र ठुलीआमाले रात भरी चिउरा कुटेको । बुवाले रात भरी खेतमा पानी लगाउन कुलो धाएको । कतिखेर आरामगर्नुहुन्थ्यो मलाइ केही पत्तो हुँदैन थियो । त्यस समयमा अर्म पर्म लगाएर एक अर्काको काम सक्ने चलन थियो । बिहानै खेतमा पानी, ब्याड काटेर धानको बिउ सबै तयार पारिसक्नु पर्थ्यो । पर्मको लागी छिमेकी खेतमा आउँदा सबै तयारी गर्दा काम सजिलो र छिटो हुन्छभनेर रातीबाट नै काममा खटिनु पर्थ्यो ।
त्यस बेलाको आम्दानीको स्रोत भनेकै धान हुन्थ्यो । सयौँ मुरी धान उत्पादन गरेर वर्ष भरी त्यसैले खर्च धान्नु पर्थ्यो, साहुलाई व्याजमापनि धान नै दिनु पर्थ्यो । असार लाग्नु अघि नै घरमा खाजाको लागी भनेर चिउरा तयार गर्नुपर्थ्यो । मलाई याद छ आमा र ठुलीआमालेरात भरी चिउरा कुटेको । बुवाले रात भरी खेतमा पानी लगाउन कुलो धाएको । कतिखेर आराम गर्नुहुन्थ्यो मलाइ केही पत्तो हुँदैन थियो ।
हाम्रो ठाउँमा असार १५ मा नै मैजारो गर्नुपर्छ भन्ने चलन थियो । समयमै रोपेको धान राम्रो फल्छ भनेर प्राय १५ मा नै रोपाई सकिन्थ्यो ।असारको महिना अक्सर सबैलाई कामको चटारो पर्ने महिना हो । बिहानै उठेर आमा र म बिउ काट्न धानको ब्याडमा जान्थ्यौँ भने बुवाआलि लाउने खेत टालटुल गर्ने, पानीको व्यवस्था गर्ने गर्नहुन्थ्यो ।
म सानै भएकाले खासै काम त सघाउन सक्दिन थिएँ तर त्यो हिलो र झरीमा रुझ्न औधी मन पथ्र्याे । जिद्धि गरेरै भए पनि खेत जान्थेँ ।बिहान भरि हिलोमा खेलेर काम गरेर हिलाम्य ज्यान लिएर खाना खान भनी घर जान्थ्यौँ । खाना पकाएर खाने समय कम भएकालेदही,चिउरा र केरा खाएर फेरी खेतमै जान्थ्यौँ । रोपाई नसकुञ्जेल बिहानको खाना नै यही हुन्थ्यो । रोपार, बाउसे हली खेतमा आउनुभन्दा अगाडी पुग्नु पर्छ भनेर सधैँ हतार हुन्थ्यो । १० बजे पछि सबै परेली (पर्म लगाउने मान्छे) भेला भई रोपाइँको काम सुरु हुन्थ्यो ।
ती दिनहरू एकदम रमाइला थिए । सानी भएकीले होला मलाइ बिउ ओसारपसार गर्न मात्रै लगाउनुहुन्थ्यो । बिउ फ्याल्ने निहुँले बाउसे ररोपारहरूलाई हिलो छ्याप्न खुब रमाइलो हुन्थ्यो । झरी परेको बेला मैले ओढेको घुम म भन्दा ठुलो भएर होला हिँड्न निकै गाह्रो हुन्थ्यो ।धान रोप्दा रोपारहरूले गाएको असारे भाकाको केही अंश मलाई अझै याद छ ।
असारलाई भनी कुटेको चिउरा मै कति साँचुँला
सासूका हात दुई कुट्की भात म कति बाँचुँला
छुपुमा छुपु खेतमै रोपूँ, हातको बीउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको घर भइन्जेल
रोपाइँको दिन आमाले बनाएको तेल बेसार हालेको चाम्रे, गुन्द्रुकको अचार र चिया चिसो आलिमा बसेर खाएको स्वाद सम्झँदा अझै पनिमुख रसाउँछ । असारको लामो दिनमा पनि साँझसम्म झ्याउँकिरी गँगटा र भ्यागुताको आवाज सुन्दै खेतको काम सकेर जुनेली रातमा घरफर्केको दृश्यहरू मेरो मानसपटलमा अझै ताजा छन् । त्यस बेला कसैलाई पनि थाहा थिएन असार १५ मा दही चिउरा खानुपर्छ भनेर ।छिटो र सजिलोको रुपमा यही खाजा् खाना खाने चलन थियो । सायद त्यस समय देखी नै असार १५ लाई दही चिउरा खाने दिन भन्दैआएको हुनु पर्छ । आफ्नै बारीमा बोटैमा पाकेको केरा,ठेकीमा ढकमक्क जमेको दही, ढिक्किमा कुटेका चिउराको स्वाद मलाई यतिखेरखुब याद आइरहेको छ । भोजन भन्दा भोक मिठो भन्ने भनाइ नै छ । त्यही भएर होला त्यस समय जस्तो मिठो दही चिउरा अहिले मैलेपाएको छैन ।
मैले धान रोपेका ती खेतहरू बाँझै छन् । अर्म पर्म गर्ने गाउँका युवाहरू खाडी मुलुकमा छन् । गाउँ रित्तै छ, चौतर्फी रुपमा खनिएकाबाटाहरूले खोल्सी र कुलो सुकेका छन् । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाइन्छ । त्यस दिन पक्कीसडकका बिचमा धानको बिउको माला लगाएर फोटो खिचेको प्रशस्त देख्न पाइन्छ । यसलाई कुन खालको परिवर्तन सम्झने ?
मैले धान रोपेका ती खेतहरू बाँझै छन् । अर्म पर्म गर्ने गाउँका युवाहरू खाडी मुलुकमा छन् । गाउँ रित्तै छ, चौतर्फी रुपमा खनिएकाबाटाहरूले खोल्सी र कुलो सुकेका छन् ।
नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाइन्छ । त्यस दिन पक्कीसडकका बिचमा धानको बिउको माला लगाएर फोटो खिचेको प्रशस्त देख्न पाइन्छ । यसलाई कुन खालको परिवर्तन सम्झने ? कृषिप्रधान देशमा खेती योग्य जमिनमा प्लटिङ भयो, युवाहरू बिदेसिए । आज प्याकेटको दही, प्याकेटका चिउरा र विषादी प्रयोग गरेकोकेरा किनेर सामाजिक सञ्जालमा फोटो हाली असार १५ मनाउँदै छौँ हामी । असार पन्ध्रको शुभकामना ….. ।