
पोखरा
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले चीन–नेपाल कनेक्टिभिटीमा नयाँ आयाम थपेको बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रियविमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान सफलतापूर्वक सम्पन्न भएको अवसरमा बोल्दै राजदूत सोङले चीन–नेपाल कनेक्टिभिटीमा नयाँआयाम थपेको बताउनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चिनियाँ कम्पनीको सिचुवान एयरलाइन्स’लेउडान भर्न पाएकोमा खुसी व्यक्त गर्दै यसले बीआरआई सहयोगमा समेत नयाँ अध्याय खोलेको बताउनुभयो ।
”चार्टर उडानलाई सफलतापूर्वक सहज बनाएका छौं, राजदूत सोङले भन्नुभयो, जसले चीन–नेपाल कनेक्टिभिटी र बीआरआईसहयोगमा नयाँ अध्याय खोलेको छ। ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको एक महत्वपूर्ण भागको रूपमा पोखराअन्तर्राष्ट्रिय विमानस्थललाई आफुले लिएको पनि बताउनुभयो ।
चिनका राष्ट्रपति सी जिनपिङको पहलमा भएको “बेल्ट एण्ड रोड इनिसिएटिभ” अर्थात् बिआरआई सबैभन्दा महत्त्वपूर्ण भाग भएको पनिराजदूत सोङले बताउनुभयो । उहाँले चीन र नेपालका सबै विभागहरू र कर्मचारीहरुको
कडा परिश्रम र उत्कृष्ट योगदानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको समेत बताउनुभयो ।