
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोडेको आरोप लगाएका छन् ।
चार दलको समाजवादी मोर्चाबारे विरोध जनाउँदै उनले यस्तो आरोप लगाएका हुन् । सोमबार प्रचण्डको नेतृत्वमा नेकपा एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबीच मोर्चा घोषणा भएको थियो ।
उनले भने छन्, ‘जनयुद्धकालीन मुद्दामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नुभो ।’